वर्षभरि दुर्घटना, मृत्यु र घाइतेको कारुणिक खबरले छापा भरिए। नियति नै भनौं, प्रत्येक वर्ष जस्तै हामीले हेर्ने र सुन्ने कथा बनेको छ सडक दुर्घटना।
त्यसको अघिल्लो साता फेरि नेपालमा भएको बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा सहमति भन्ने समाचारहरू आए। माथि उल्लेखित दुई समाचार जस्तै यो पनि मुख्यतः हराएका मान्छेहरू समेतको खोजबिन गर्ने विधेयक थियो।यी तीनै विषयमध्ये म आफैं जो करिब दुई वर्षदेखि सार्वजनिक जीवनबाट हराएको र पृथ्वीकै करिब अर्को गोलार्धबाट मेरो ‘चश्मा’ बाट देखिएका केही अनुभव लेख्ने जमर्को गर्दैछु। मेरो यो लेखाइ म जस्तै विश्वभरि छरिएर रहेका र विभिन्न उद्देश्यले हराइरहेका लाखौं युवाहरूमा केन्द्रित गर्ने कोसिस गरेको छु।परिवार मिलनपछि पुनः केही समयलाई ‘प्रकाश’ आफ्नै लेक चुमनुब्री पुग्छन्। दशैं मान्न फर्किने बाचा गरेको प्रकाश सधैंको लागि आफ्नो परिवारसँग बस्न भोजपुर नै जान्छन् तर फेरि पनि भोजपुर बसेर आफ्नो जीविकोपार्जन गर्ने उपाय नभएपछि पुरानै साहुकोमा फर्केको र साहुले उनको पारिश्रमिक सहित पुनः बिदा दिएको प्रसङ्ग समेत आइनै सके।उता अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट हराइरहेकी २८ वर्षीय नेपाली नर्स ममता काफ्लेको श्रीमान्लाई केही समय पहिले प्रहरीले घटनामा ‘संलग्न हुनसक्ने’ आशंकामा पक्राउ गरेको छ। उच्च प्रविधियुक्त, शक्तिशाली र दुनियाँकै शक्तिशाली देश अमेरिकाको राज्य प्रणालीले घटनाको सत्य–तथ्य सहित अपराधीलाई कारबाहीको दायरामा ल्याउने नै छ।
सोरोत:Online khabar