सरकार माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै

२०८० पुष २६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

सरकार माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै

काठमाडौं : सरकारले माघ २ गते २६ औं भूकम्प सुरक्षा दिवस, २०८० मनाउने भएको छ। बिहीबार २६ औं भूकम्प सुरक्षा दिवस प्रचारप्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो।

विगतका वर्षको जस्तै यो वर्ष पनि सरकारले देशभर विभिन्न भूकम्पीय सचेतना कार्यक्रम गर्दै मनाउन लागिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले बताए। उनले २६ औं भूकम्प सुरक्षा दिवस समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थिति रहने बताए।

सरकारले माघ २ गते स्थानीय श्रोत र प्रविधि समेत प्रयोग गरौं,भूकम्प थेग्ने संरचना बनाऔं भन्ने मूल नारासहित दिवस मनाउन लागेको हो। वि.स. १९९० साल माघ २ गतेका दिन गएको महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि सरकारले हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ।

उनले नेपालको पश्चिम भागमा महशुस हुने भूकम्प करिब ५१७ वर्षदेखि नगएकाले सञ्चित ऊर्जाबाट ८ रेक्टरभन्दा ठूलो भूकम्प जानसक्ने सम्भवना रहेको वैज्ञानिकहरुले आँकलन गरिरहेको बताए।

उनले नेपालमा विभिन्न कालखण्डमा ठूलादेखि साना भूकम्पहरु २०७२ सालको गोर्खा, बझाङ, जाजरकोटमा गएको भूकम्पमा कमजोर घर संरचना भत्किँदा ठूलो जनधनको क्षति भएको बताए।

उनले नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता विशेष गरी स्थानीय तहहरुबाट हुने नक्सा पासमा अक्षरश: पालना हुँदा मात्रै सोचेको भूकम्प सुरक्षा सुनिश्चित गर्न सकिने बताए।

उनले कमजोर घर संरचनाहरूलाई सुरक्षित बनाउन प्रवलिकरण कार्य अगाडि बढाउन आवश्यक रहेको बताए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय