२९ पुस, काठमाडौं ।
नेपाली बजारमा सुन र चाँदीको मूल्य फेरि बढेर नयाँ रेकर्ड कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँले बढी हो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ३४० रुपैयाँ पुगेको छ। चाँदीको भाउ अघिल्लो दिनभन्दा १४५ रुपैयाँले महँगिएको हो।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढेकाले त्यसको असर नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ।
