छैटौं विकेट क्यानडाविरुद्ध नेपालले गुमायो

२०८० माघ २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

छैटौं विकेट क्यानडाविरुद्ध नेपालले गुमायो

क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालले ६ विकेट गुमाएको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका आरिफ शेख छैटौं विकेटको रुपमा ३८ रनमा आउट भएका छन्।

आरिफ ५० बलमा ४ चौका प्रहार गर्दै क्यानडाका उदय भगवानको बलमा बोल्ड भए। त्यतिबेला नेपालले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा १७३ रन जोडेको थियो।

त्यसअघि अर्धशतक प्रहार गरेका ओपनर कुशल भुर्तेल ६२ रन जोडे। एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गरे।

कुशलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी जोड्न सकेनन्।

यस्तै भीम सार्की १७ रनमा आउट हुँदा कुशल मल्लले पनि २० रनभन्दा बढी जोड्न सकेनन्। कुशल मल्ल आउट हुँदा नेपालले २९.३ ओभरमा ५ विकेटको क्षतिमा १४१ रन जोडेको थियो।

नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय