क्यानडाको टोली घोषणा नेपालविरुद्धको एकदिवसीय सिरिजका लागि

२०८० माघ २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

क्यानडाको टोली घोषणा नेपालविरुद्धको एकदिवसीय सिरिजका लागि

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीविरुद्ध एकदिवसीय अन्तरराष्ट्रिय (ओडीआई) सिरिज खेल्ने क्यानडाको टोली घोषणा भएको छ।

क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले साद बिन जफरको कप्तानीमा अनुभवी खेलाडीहरुलाई समेटेर टोलीको घोषणा गरेका हुन्।

अष्ट्रेलियाको उमेर समूह क्रिकेट खेलेका ओपनर म्याथु स्पर्स भने टोलीमा छैनन्। नेपाल र क्यानडाबीच यसै साता ३ ओडीआई खेलको सिरिज शुरु हुँदैछ।

नेपालले भोलि (बिहीवार), आगामी शनिवार, र सोमवार क्यानडासँग ओडीआई सिरिज खेल्दै छ।

भोलि शुरु हुने सिरिजका लागि नेपालले यसअघि नै १५ सदस्यीय टोली घोषणा गरिसकेको छ।

यसैबीच भोलि शुरु हुने नेपाल र क्यानडाबीचको खेल शृंखला डिसहोममा हाई डेफिनेशन (एचडी) क्वालिटीमा प्रत्यक्ष प्रशारण हुने भएको छ।

खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टस एचडी वन र डिसहोम गोमा हेर्न सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय