एसियन कपको फाइनलमा दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन

२०८० माघ २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एसियन कपको फाइनलमा दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन

जोर्डन एएफसी एसियन कपको फाइनलमा पुगेको छ।

गएराति सेमिफाइनलमा दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन फाइनलमा पुगेको हो।

दक्षिण कोरियालाई पराजित गर्न याजन अल नामट र मउसा अल तमारीले गोल गरे।

५३ औं मिनेटमा याजन र ६६ औं मिनेटमा मउसाले गोल गरेका थिए।

पराजित भएसँगै दक्षिण कोरिया सन् १९६० यता एसियन कपको उपाधि जित्ने लक्ष्य यसपटक पनि पूरा हुन सकेन।

जोर्डन पहिलो पटक फाइनल पुगेको हो।

जोर्डनले उपाधिका लागि इराक र कतारबीचको खेलको बिजेतासँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय