कार्यक्रम स्थगित कांग्रेसका पूर्वनिर्धारित

२०८० माघ २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कार्यक्रम स्थगित कांग्रेसका पूर्वनिर्धारित

काठमाडौं : नेपाली कांग्रेसका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित भएका छन्।

केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनपछि बसेको आकस्मिक बसेको केन्द्रीय कार्यसमितिको बैठकले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने गरेको हो। यस्तै पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित भएका छन्। ​ कांग्रेस अहिले समुदायमा कांग्रेस अभियान लिएर देश दौडाहामा थियो।

यस्तै बैठकले माघ २४ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना निर्णय गरेको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय