सभामुख घिमिरेद्वारा दुःख व्यक्त बुढाथोकीको निधनप्रति

२०८० माघ २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सभामुख घिमिरेद्वारा दुःख व्यक्त बुढाथोकीको निधनप्रति

काठमाडौँ । सभामुख देवराज घिमिरेले पूर्व मन्त्री तथा संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले भनेका छन्  नेपालको लोकतान्त्रिक आन्दोलनका अग्लो राजनीतिज्ञ, नेपाली कांग्रेसका नेता, पूर्व सांसद तथा मेरा मित्र केशवकुमार बुढाथोकीको गए राति विराटनगरमा भएको निधनले मर्माहत बनाएको छ । दुखद घडीमा दिवङ्गत आत्माको  चिर शान्तिको कामना गर्दै परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

नेता बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय