एक व्यक्ति पक्राउ, १३ वर्षीया बालिका बलात्कार आरोपमा

एक व्यक्ति पक्राउ, १३ वर्षीया बालिका बलात्कार आरोपमा

नवलपुर : पूर्वी नवलपरासीको नवलपुर देवचुलीमा रहेको जनज्योति नमुना माध्यमिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएकी बालिकालाई एक कर्मचारीले बलात्कार गरेका छन्।
विद्यालयको आया पदमा कार्यरत ५८ वर्षका रुक्मागत न्यौपानेले १३ वर्षकी बालिकालाई बलात्कार गरेको खुलेको हो ।
घटना दबाउन स्थानीयले पटकपटक पीडित पक्षका आफन्तसँग छलफल गरे पनि कुरा नमिले पछि घटना प्रहरीसम्म पुगेको स्थानीयले बताएका छन्।
बालिका बलात्कारको जाहेरी परेपछि प्रहरीले न्यौपानेलाई पक्राउ गरेको हो। बलिकामा सुनाइसम्बन्धी अपाङ्गता भएको कारण उनी कान सुन्दिनन्।
जिल्ला प्रहरी कार्यालयमा बालिकाका बुबाले जाहेरी दिएपछि न्यौपानेलाई पक्राउ गरी अनुसन्धानको लागि जिल्ला अदालत नवलपुरबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए।
© 2026: Goji Media House मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd