डिगबहादुर लिम्बूलाई पत्नीशोक युवा तथा खेलकुद मन्त्री

काठमाडौं : युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ।
मातृ शोकको तीन महिना नपुग्दै मन्त्री लिम्बूलाई पत्नी वियोग परेको हो। उनकी धर्मपत्नी गंगामाया लिम्बूको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो।
लामो समयदेखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बूको घरैमा निधन भएको हो। उनको पार्थिव शरीर लिम्बू परम्परा अनुसार आज अन्त्येष्टि गरिने मन्त्री लिम्बूका स्वकीय सचिव साजन कुँवरले बताए। लिम्बूका १ छोरा र १ छोरी छन्
मन्त्री लिम्बूकी आमाको गत असोज २६ गते मृत्यु भएको थियो।
