अटोमा सवार रौतहटमा ट्यांकरको ठक्करबाट दुई जनाको मृत्यु

२०८० पुष १७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अटोमा सवार रौतहटमा ट्यांकरको ठक्करबाट दुई जनाको मृत्यु

रौतहटमा तेल बोक्ने ट्यांकरले अटो गाडीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

सोमबार राति साढे ७ बजे चन्द्रनिगाहपुरस्थित पूर्वपश्चिम राजमार्ग चिडिया दहचोकमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डिएसपी एलिजा गिरीले जानकारी दिइन्।

गएराति ज १ झ ४४८५ नम्बरको ट्यांकरले प्रदेश २-०३-००१ ख १९२७ नम्बरको अटो गाडीलाई ठक्कर दिएको थियो। ठक्कर दिँदा अटोमा सवार ६ जना घाइते भएका थिए।

घाइतेहरूलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा दुई जनाको मृत्यु भएको डिएसपी गिरीले बताइन्।

मृतक ४० वर्षीया पिंकु सिंह र २० वर्षीय अब्देश राम छन्।

अन्य घाइतेको उपचार जारी छ। प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय