
आज मिटरब्याजपीडित र सरकार बीच वार्ता हुने
काठमाडौं : आज शनिबार पनि मिटरब्याजपीडित र सरकार बीच वार्ता हुँदैछ । यसअघि शुक्रबार साँझ भएको वार्ता सकारात्मक भएको भनिएको थियो।
यससँगै आज पुनः छलफल गर्न लागेको पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले जानकारी दिए। तर समय भने निश्चित भइनसकेको उनले जानकारी दिए।
मिटरब्याजपीडित संघर्ष समितिका संयोजक नृग नवीनले चौथो चरणको वार्ता सकारात्मक भएकाले शनिबार निष्कर्ष निस्कने विश्वास व्यक्त गरे। यसका लागि आन्तरिक तयारी भइरहेको उनले जानकरी दिए।
अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।