परिक्रमावादी होइन, पराक्रमवादीको कांग्रेस बनाऔँ : अर्जुननरसिंह केसी

२०८२ पुष २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई कर्मकाण्डी होइन, संघर्ष र पराक्रम गर्ने कार्यकर्ताको संगठन बनाउनुपर्ने बताएका छन्।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने,
“अब परिक्रमावादीहरूको कांग्रेस होइन, पराक्रमवादीहरूको कांग्रेस बनाउनुपर्छ।”

देश गहिरो रूपमा भ्रष्टाचारको दलदलमा फसेको उल्लेख गर्दै उनले महाधिवेशनले भ्रष्टाचारविरुद्ध विशेष प्रस्ताव पारित गर्नुपर्ने सुझाव दिए। साथै, अहिलेसम्म सार्वजनिक पदमा बसेका सबै व्यक्तिलाई छानबिनको दायरामा ल्याउनुपर्ने धारणा राखे।

नेता केसीले भ्रष्टाचार नियन्त्रणका लागि कडा कदम चाल्नुपर्ने बताउँदै पाँच सय र एक हजार दरका नोट प्रतिस्थापन गर्नुपर्ने प्रस्ताव पनि अघि सारे।

उनको अभिव्यक्तिले कांग्रेसभित्र सुधार र कडाइको बहसलाई थप तीव्र बनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय