राष्ट्रिय भलिबल प्रतियोगिता सुर्खेतमा आजदेखि

२०८० पुष २०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राष्ट्रिय भलिबल प्रतियोगिता सुर्खेतमा आजदेखि

सुर्खेत : वीरेन्द्रनगरमा २५ वर्षपछि शुक्रबार राष्ट्रिय भलिबल प्रतियोगिता शुरु हुँदैछ

३४औँ राष्ट्रिय भलिबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने आयोजक नेपाल भलिबल संघ कर्णाली प्रदेश समितिले जनाएको छ।

प्रतियोगिताको लागि आर्थिक सहयोग कर्णाली प्रदेश सरकारले र व्यवस्थापन कर्णाली प्रदेश भलिबल संघले गरेको संघकाअध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए ।

पुस २६ गतेसम्म हुने प्रतियोगिताका लागि ५६ लाख रुपैयाँ खर्च हुने् जनाइएको छ। यसमध्य प्रदेश सरकारले ४४ लाख रकम उपलब्ध गराउनेछ।

कर्णालीमा हुने खेलबाट नेपालको लागि राष्ट्रिय टिम छनोट हुनेछ। एक टिमबाट १५ जना गरेर १० टिमबाट कर्णालीमा १५० खेलाडी आउनेछन्।

सुर्खेतमा यसअघि २०५५ सालमा राष्ट्रिय भलिबल प्रतियोगिता भएको थियो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय