दमक–२ चुम्लुङयकमा चासोक तङनाम/नुवागी पूजा भव्य रूपमा सम्पन्न हुँदै

२०८२ मंसिर १७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

दमक, मङसिर १७–१८ — याक्थुङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व “चासोक तङनाम/नुवागी पूजा–२०८२” यस वर्ष दमक–२ चुम्लुङयकमा भव्य रूपमा सम्पन्न हुँदैछ। अन्नबाली अर्पण गर्दै पूर्वजप्रति कृतज्ञता व्यक्त गरिने यस पवित्र पर्वमा समुदायका दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूलाई आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रममा यस वर्ष विशेष आकर्षणका रूपमा विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसहित भव्य सांगीतिक कार्यक्रम, परम्परागत सांस्कृतिक नृत्य, चलन–चल्तीका प्रदर्शन तथा समुदायको ऐक्यबद्धता झल्कने विविध सांस्कृतिक गतिविधिहरू समेटिनेछ।

कार्यक्रम विवरण:

  • स्थान: दमक–२, चुम्लुङयक

  • मिति: मङसिर १७ र १८

समुदायको पहिचान, एकता र परम्परामाथिको गर्व उदाउने चासोक तङनाम/नुवागी पूजा ले यस वर्ष पनि दमक क्षेत्रमा विशेष रौनक थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय