।असोज ८, काठमाडौं
नेपाल प्रहरीका अधिकारीहरुले गएको ५ चैतमा गृह प्रशासनको नेतृत्वलाई फोन गरेर दुर्गा प्रसाईंलाई पक्राउ गर्न ‘ग्रिन सिग्नल’ मागे । बैंकको ऋण तथा ब्याज तिर्नु पर्दैन भन्दै कालोमोसो अभियान चलाइरहेको पृष्ठभूमिमा प्रहरीले उनीमाथि निगरानी बढाएको थियो ।त्यहिबेला प्रसाईंले सर्वोच्च अदालतका रजिष्टारलाई आफ्नो मुद्दा छिटो पेशीमा चढाउन भन्दै धम्की दिएको सूचना काठमाडौं प्रहरीसम्म पुगेको थियो । ५ चैत २०८० मा एउटा यस्तो घटना भयो, जसलाई देखाउँदै प्रहरीले प्रसाईंलाई पक्राउ नै गर्न अनुमति मागेको प्रहरीका एक उच्च अधिकृत बताउँछन् ।त्यो दिन प्रसाईंका दुई सुरक्षागार्ड अदालत परिसरमा अत्याधुनिक हतियार र एक सय राउण्ड गोलीसहित देखा परेका थिए । गेटमै प्रहरीले रोकेपछि प्रसाईंले आफ्नो इजाजत पत्र देखाएका थिए ।‘हतियार अनुमति लिए अनुसारको थिएन, त्यसमाथि सरकारी कार्यालय अझ अदालत जस्तो स्थानमा बोकेर गएपछि कानूनी दायरामा ल्याउनु पर्ने परिस्थिति बन्यो’, यसबारे जानकार जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृत भन्छन्, ‘त्यसक्रममा प्रसाईंप्रसाईंलाई समात्न प्रहरीले अनुमति मागेको यो पहिलो पटक थिएन । नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले प्रसाईंको गतिविधिबाट राष्ट्रिय सुरक्षामै असर पार्नसक्ने रिपोर्टिङ गरिरहेका थिए । जानकारहरुका अनुसार, धार्मिक अतिवादी समूहसँग प्रसाईंले सम्बन्ध जोड्न थालेपछि सुरक्षा संयन्त्र झस्किएको थियो |उनले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कारबाही गर्ने भन्दै ‘कालोमोसो दस्ता’ पनि घोषणा गरे । यसका केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ पर्दा प्रसाईं फेरि जोगिए । उग्र अभिव्यक्तिका कारण युट्युबर, फेसबुक र टिकटकका ‘कन्टेन्ट क्रिएटर’का लागि भने प्रसाईं ‘हट केक’ बनिरहे ।
प्रहरीको निरन्तर निगरानीमा
नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारीको बुझाइमा, युट्युब, रिल्स र छोटा भिडियोहरुको भिड रहेको भर्चुअल समाजमा अहिले छाडापन र अतिवादी चरित्र भएकाहरुको वर्चश्व छ ।अधिकृतहरुका अनुसार, पक्राउ गर्ने तहमा नपुगेपनि प्रसाईंका गतिविधिबारे प्रहरी निगरानी जारी रह्यो । त्यसक्रममा प्रसाईंले पटकपटक समाजमा अफवाह फैलाउने काम गरेको प्रहरी प्रधान कार्यालयका एक अधिकृत बताउँछन् ।‘चर्को स्वरमा बोलेपछि त्यो नै सत्य हो कि भन्ने किमिसले एउटा जमातलाई भुलभुलैमा पार्ने प्रवृत्ति छ’, अधिकारी भन्छन्, ‘कोही समाज भड्काउने किसिमले बोल्छन् । कोही कुनै अपचलनमा परेर चर्को बोल्छन् ।’‘आफ्नो अधिकार प्रयोग गर्दा अर्काको बिर्सिन मिलेन नि !’, नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह भन्छन्, ‘तर, प्रसाईंजीको हकमा त्यो लागू भएन ।’ पटकपटक जोगिँदा उनी थप अराजक बन्दै गएको सिंहको बुझाइ छ ।दुर्गा भने जथाभावी बोलिरहे । कहिले सम्बन्धन नपाएको झोंकमा चिकित्सक शिक्षा आयोगका उपाध्यक्षलाई घुस मागेको आरोप लगाए, कहिले ऋण नतिर्न नागरिकलाई उर्दी गरे । पछिल्लो समय उनले व्यक्ति केन्द्रित भएर टिप्पणी गर्न पनि थालेका थिए ।‘दुई उजुरीका आधारमा पक्राउ गरेर अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न आइतबार नै अनुमति पाइसकेका छौं’, उनले भने, ‘यो अवधिमा उहाँको बयान लिने, पीडितसँग बुझ्ने लगायतका कामहरु हुन्छन् ।’सामाजिक सञ्जालमार्फत नै चरित्र हत्या गर्ने किसिमको गतिविधि गरेकाले विद्युतीय अपराध ऐनको दफा ४७ आकर्षित हुने स्थिति छ’, अर्यालले भने, ‘यसमा विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्न नहुने भनिएको छ ।’यो दफा अनुसार विद्युतीय माध्यमबाट महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने प्रावधान छ ।हालसम्म उनका अन्य गतिविधिबारेमा प्रहरी अनुसन्धान प्रवेश गरेको छैन । तर, डीआईजी कार्की भन्छन्, ‘अनुसन्धान गर्दै जाँदा केही विषय खुलेको खण्डमा अथवा जाहेरीहरु आएको अवस्थामा अन्य विषयमा पनि छानबिन हुनसक्छ ।’
अराजकतालाई राजनीतिको टेको
प्रसाईं खुलेआम आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौति मात्र दिन्थेन्, प्रधानमन्त्रीमाथि नै आधारहिन र गम्भीर आरोप लगाउँथे। पूर्वडीआईजी हेमन्त मल्लको बुझाइमा, लोकतन्त्रमा राष्ट्रपति, प्रधानमन्त्री वा सार्वजनिक पदमा बसेका अन्य व्यक्तिहरुबारे प्रश्न गर्न पाइने भएपनि कम्तिमा सुन्नेका लागि पनि त्यो अपाच्य हुनु हुँदैन ।प्रश्न गर्न पाइन्छ, तर त्यसो भन्दैमा संवेदनशील विषयमा जथाभावी बोल्न मिलेन’, उनी थप्छन्, ‘अझ यदि तपाईं सार्वजनिक व्यक्ति हो भने त झन् बोलीमा नियन्त्रणमा हुनैपर्छ ।’विरोध गर्न, आफ्नो तर्क राख्न पाइएपनि प्रसाईं आफ्नै शैलीका कारण हिरासतसम्म पुगेको मल्लको बुझाइ छ । यद्यपि, एउटा प्रश्न रहन्छ -प्रसाईंले राज्यलाई नै चुनौती दिँदै जथाभावी अभिव्यक्ति दिने हिम्मत कसरी पाए ? जानकारहरुको भनाइमा यसको पृष्ठभूमि उच्च राजनीतिक नेतृत्वमा बसेकाहरुले नै तयार गरिदिएका हुन् ।झापाका पुराना कम्युनिष्ट नेताहरुका अनुसार, २०६२/०६३ सालतिर सशस्त्र द्वन्द्व उत्कर्षमा रहँदा प्रसाईंले तत्कालीन विद्रोही माओवादीलाई सहयोग गरेका थिए ।‘उहाँको पारिवारिक विवाद थियो, त्यो मिलाउने आशमा उहाँ नजिक हुनु भएको थियो’, झापाका एक माओवादी नेताले भने, ‘त्यसबेला पार्टीलाई गाडी आवश्यक पर्थ्यो, उहाँले प्रबन्ध गर्नु हुन्थ्यो ।’विर्तामोडका एक पुराना व्यवसायीका अनुसार, माओवादीसँग नजिक भएपछि उनले गिरी परिवारसँगको सम्पत्ति मुद्दा पनि जितेका थिए । पछि तत्कालीन शाही नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएर चारआलीस्थित ब्यारेकमा २०/२१ दिनजति हिरासतमा राखेको थियो ।विर्तामोडको धनाड्य गिरी परिवारसँग नाता जोडिएपछि उनले विर्तामोडमा जग्गा व्यापार थालेको जानकारहरु बताउँछन् । प्रसाईंले आफूले त्यसबेला भैंसी व्यापार गरेको समेत बताउने गरेका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि भने राजनीतिक पृष्ठभूमिका आधारमा उनी अध्यक्ष प्रचण्डसँग नजिकिए । त्यसपछि नै प्रसाईं झापाका धनाड्यका रुपमा चिनिन थालेका हुन् ।प्रसाईंकै भनाइमा, सुरुमा अस्पताल बनाउँछु भन्दा उनलाई कसैले पत्याएका थिएनन् ।’त्यतिबेला मलाई कतिले पागल पनि भनेँ’, उनी स्वयम्ले भनेका छन् । अस्पताल निर्माण थालेपछि उनी राजनीतिक सम्बन्ध पनि फराकिलो बनाउँदै लगे । झापा पुग्ने जुनसुकै पार्टीका नेतालाई स्वागत गर्न आफैं विमानस्थल पुगे । गाडीको व्यवस्थापन गरिदिए ।
श्रोत:https://www.onlinekhabar.com/