देउलाको अपराध : युवतीलाई पनि दिन्थे क्रूर यातना

२०८१ आश्विन २, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

‘सुगर ड्याडी’ बनेर युवकहरुलाई क्रूर यतना दिने आशिष देउलाबाट युवतीहरु पनि पीडित भएको खुलेको छ ।काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१ घर भएका देउलालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेपछि पीडितहरु प्रहरीको सम्पर्कमा पुगेका छन् । सुरुमा एक युवकले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान गरेको थियो । अहिले पीडितको संख्या तीन पुगेको छ ।आइतबार मात्रै धादिङ घर भएका एक युवकले परिसरमा देउला विरुद्ध जाहेरी दिएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।उनका अनुसार देउलाबाट पीडित एक युवती प्रहरीको सम्पर्कमा आएकी छन् । पोखरा घर भएकी एक युवतीलाई पनि देउलाले यातना दिएका थिए ।उनका अनुसार देउलाले गत वैशाखमा काठमाडौंको क्षेत्रपाटीबाट गाडीमा राखेर बूढानीलकण्ठस्थित आफ्नो घरमा लगेका थिए । ‘पानीको पाइप जोड्ने पनिउँ तताएर शरीरको पछाडिएको भागमा डामेको पाइएको छ’ एक अनुसन्धान अधिकृतले भने, ‘उनलाई हामीले सम्पर्क गरेर जाहेरी दिन आउन भनेका छौं ।’युवतीले भने देउला प्रहरी हिरासतबाट छुटेपछि फेरि यातना दिनसक्ने भन्दै जाहेरी दिन आनाकानी गरेको प्रहरी स्रोत बताउँछ ।आइतबार जाहेरी दिएका युवकलाई पनि देउलाले त्यही बेला यातना दिएका थिए । उनलाई नङमा सियोले रोप्ने, तातो फलामले डाम्ने, मलद्वारमा लट्ठी घुसार्ने जस्ता काम गरेको पीडित युवाले दिएको जाहेरीमा उल्लेख छ । तर उनलाई पनि जाहेरी दिन सहमत गराउन एक साता लागेको एसपी अधिकारी बताउँछन् ।गएर युवतीसँग रोमान्स गरेका भिडिओ र तस्वीरहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने गरेका थिए । यस्तो रोमान्स गर्ने बेलामा अरुले नचिनुन् भनेर उनले नकाव लगाउँथे । नाइट क्लब लगेर रमाइलो गराएका व्यक्तिलाई नै देउलाले चरम यातना दिने गरेको आरोप लागेको छ । पीडित भनिएका तीनै जना देउलाका पूर्व चिनजानका व्यक्ति हुन् ।अरूको पीडामा रमाउने मान्छेलाई स्याडिस्ट भनिन्छ । कुनै रिसभाव नभएको व्यक्तिलाई नै पीडा पर्दा आनन्द लिनेहरू स्याडिस्ट हुन् ।

सोरोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय