संसदमा माओवादीको अवरोध जारी, बैठक स्थगित |

२०८१ भाद्र ३०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संसदमा एमाले सांसदलृे माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेर बोलेको विषयमा विवाद जारी रहँदा आज पनि संसद बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले उक्त शब्द संसदको रेकर्डबाट हटाउन माग गर्दै संसद अवारोध जारी राखेको हो ।भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले माओवादी विद्रोहलाई हिंसा भनेर संसदमा होच्याउने अभिव्यक्ति दिएका थिए । त्यसको माओवादी सांसदहरुले प्रतिवाद गर्दै आएका छन् । यस विषयमा सहमति जुटाउन आइतबार बिहान सभामुख घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरे पनि सहमति जुट्न सकेन । उक्त शब्द रेकर्डबाट नहटाएसम्म संसद चल्न नदिने माओवादीको अडान छ । बैठक चल्न नसके पनि सभामुखले १५ मिनेटका लागि स्थगित गरेका छन् ।यसअघि बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय शब्द नभएको र रेकर्डबाट नहटाउने बताएएपछि माओवादीले बैठक अवरुद्ध पारेका थिए । आइतबार बसेको संसद बैठकमा पनि यसबारे विवाद नसुल्झिएपछि संसद अवरुद्ध भएको हो ।

सोरोत:News 24 Television

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय