
कैलालीको धनगढीमा अज्ञात समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकहरुमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएको छ ।आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्याङ्कर चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ का २४ वर्षीय हरेन्द्र देउवा र सहचालक कैलालीको गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अनिल देउवा घाइते भएका छन् । उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।आक्रमणपछि मोटरसाइकलमा आएकाहरु भागेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । तर सोही घटनामा संलग्न अन्य दुई जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।आक्रमणपछि मोटरसाइकलमा आएकाहरु भागेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । आक्रमणपछि मोटरसाइकलमा आएकाहरु भागेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । तर सोही घटनामा संलग्न अन्य दुई जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टका अनुसार ट्याङ्कर पार्किङको विषयमा दुई पक्षबीच विवाद हुँदा आक्रमण र तोडफोड भएको हो । ‘दुई जनालाई राति नियन्त्रणमा लिएका छौं । आज सोधपुछ गर्छौं अनि घटनाको कारण डिटेलमा खुल्ला,’ एसपी विष्टले भने ।
सोरोत :Online khabar