नेपालगञ्जमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

२०८१ भाद्र १४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मृत्यु हुनेमा दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र २४ वर्षीय सन्तोष भुसाल छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीका अनुसार मृतक ओली बसका यात्रु हुन् भने भुसाल बसका सहचालक हुन् ।आज दिउँसो नेपालगञ्ज–कोहलपुर सडकखण्डको गनापुर भन्ने स्थानमा भे १ ख २१२८ नम्बरको बस आफैं अनियन्त्रित भई पल्टिएको थियो । उक्त बस दाङ तुलसीपुरबाट नेपालगञ्ज जाँदै थियो ।
बस पल्टिँदा गुडिरहेको एउटा मोटरसाइकलमा पनि ठोक्किएको थियो ।

सोरोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय