सौर्य एयरलाइन्सको विमान दुर्घटना क्याप्टेन शाक्यको उपचार हुँदै २२ जनाको मृत्यु

२०८१ श्रावण ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दमक: सौर्य एयरलाइन्सको विमान २३ जना यात्रुहरु  बोकेर परीक्षणका लागि पोखरा उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।

दुर्घटनामा २२ जनाको निधन भएको छ । एक जना घाइतेको उपचार भैरहेको छ । विमान चालक क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल लगिएको छ ।

उनको त्यही उपचार हुँदैछ ।नेपाल नागरिक उड्यन प्राधिकरण क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा २२ जनाको शव भेटिएको र पाइलट मनिष शाक्यलाई उपचारका लागि अस्पताल पठाइएको पुष्टि गरे ।

विमानमा इन्जिनियरहरू रहेको सौर्य एयरलाइन्सले जनाएको छ ।

त्रिभुवन विमानस्थल भित्रै विमान खसेको छ । त्रिभुवन विमानस्थल कार्यालयले बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा खसेको जनाएको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले काठमाडौँबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज खसेको बताएका छन । ९ एनए एमई कलसाइनको सौर्यको विमानमा चालक दलका सदस्यसहित २३ जना सवार हरेको बताइएको थियो । विमानमा आगलागी भएर धुवाँको मुस्लो छुटेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय