नेपाली क्रिकेट टोली, हङकङबाट फर्कियो

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
हङकङमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट खेलेर टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका थिए।
आइसीसी टी–२० विश्वकप खेल्ने तयारीमा रहेको नेपाली टोलीले अब काठमाडौंमा आयरल्याण्डसँग पनि टी–२० खेल्ने छ।
हङकङ, पपुवा न्युगिनी (पीएनजी) र नेपाल सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो।
