एक सय एक किलोको माला रौतहटमा ओलीलाई

२०८० माघ २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एक सय एक किलोको माला रौतहटमा ओलीलाई

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई रौटहटमा एक सय एक किलोको माला लगाइएको छ।

एमाले रौतहट जिल्ला कमिटीको दसौं अधिवेशन उद्घाटन गर्न बिहीबार गरूडा पुगेका अध्यक्ष ओलीलाई एक सय एक किलोको माला लगाएर स्वागत गरिएको एक नेताले जानकारी दिए।

गरुडास्थित श्रीराम सुगर मिलको चौरमा जिल्ला अधिवेशनको उद्घाटन सत्र भएको छ। एमालेले यो वर्ष तहगत अधिवेशन गर्ने भएको छ। जेठ मसान्तभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ।

एमालेको दार्चुला, म्याग्दी जिल्ला कमिटीको अधिवेशन सकिइसकेको छ। मुगु र धादिङ अधिवेशनमा विवाद देखिएको छ। दोलखामा मतगणना भइरहेको छ।

रौतहटमा बिहीबारबाट सुरू भएको अधिवेशनमा अखिलेश्वर चौधरी, रूपेशकुमार पटेल, सचिदानन्द शाह र बवन सिंह अध्यक्षका आकांक्षी छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय