आज रौतहट आउने ओली

२०८० माघ २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

आज रौतहट आउने ओली

रौतहट : नेकपा एमालेका अध्यक्ष केपी ओली आज रौतहट आउने भएका छन्। नेकपा एमालेको १० औँ  जिल्ला अधिवेशन उद्घाटन गर्न ओली रौतहट आउन लागेका हुन्।

एमालेको १० औ जिल्ला अधिवेशन बिहीबार र शुक्रबार गरुडामा हुँदै छ। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिए।

दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ। अध्यक्षका लागि अखिलेश्वर चौधरी,सचितानन्द साह, रूपेश पटेल र बबन सिंहको नाम चर्चामा छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय