जसपा नेपाल र लोसपाबीच १२ बुँदे सम्झौता, महन्थ संरक्षक र उपेन्द्र अध्यक्ष

२०८२ पुष २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

६ पुस, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच १२ बुँदे सम्झौता भएको छ। आइतबार भएको यस सम्झौताबाट दुई दलबीच सहकार्य गर्ने सहमति बनेको हो।

सम्झौता अनुसार ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ। यस समितिमा महन्थ ठाकुरलाई संरक्षक बनाइएको छ भने उपेन्द्र यादवलाई अध्यक्ष चयन गरिएको छ।

यो सम्झौताले मधेस केन्द्रित दलहरूबीच एकता र सहकार्यलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय