इलाम निर्वाचनमा सुँगुर उठाउने, दुर्गा प्रसाईंले

२०८० चैत्र २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम निर्वाचनमा सुँगुर उठाउने, दुर्गा प्रसाईंले

 

 

इलाममा हुने उपनिर्वाचनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले  सुँगुर उठाउने बताएका छन्।

दाङमा आज भएको आमसभालाई सम्बोधन गर्दै प्रसाईंले पूर्वतर्फ अहिले चुनावको नाटक मञ्चन भइरहेको र  यस्ता चुनावले जनतालाई केही पनि दिन नसक्ने हुँदा आफूले सुँगुर उठाउन लागेको बताए।

आफू नेपालका कुनै पनि शक्तिसँग नडराउने दावी गर्दै प्रसाईंले अर्को ठूलो काण्ड सार्वजनिक गर्न लागेको बताए। मृत्युलाईसमेत सँगै बोकेर हिँडेको बताउँदै उनले अब तस्करहरुको फिलिम नै देखाइदिने चेतावनी दिए।

इलामका उमेदवारहरुलाई लक्षित गर्दै प्रसाईंले सक्छौ भने उपनिर्वाचनमा हुने खर्चले लघुवित्त र सहकारीको ऋण तिरेर ती गरिबहरुलाई झुण्डिनबाट जोगाउन चुनौती दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय