२ जना घाइते, टिपर दुर्घटनामा

२०८० चैत्र २०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२ जना घाइते, टिपर दुर्घटनामा

 

 

धादिङ  :  नीलकण्ठ नगरपालिकास्थित सुनौला बजारमा भक्तपुरबाट सुनौला बजारको भैरवी मन्दिर निर्माणका लागि स्लेट ढुङ्ग बोकेर जाँदै गरेको टिपर दुर्घटना हुँदा २ जना घाइते भएका छन्।

बा ५ खा ५७७३ नम्वरको ट्रिपर कच्चि सडकमा पल्टिँदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।  घाइते हुनेमा दोलखा भिमेश्वर नगरपालिका–९ का  ४२ वर्षीय नविन तामाङ्ग र नीलकण्ड नगरपालीका–६ बस्ने ३० वर्षीय  खिखाबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरीका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए।

घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ।

उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय