![](https://gojimediahouse.com/wp-content/uploads/2024/03/deuba_news__VB4a11f98r-300x200-1.jpg)
कांग्रेसले अवरोध नगर्ने, संसद बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा नेपाली कांग्रेसले अवरोध नगर्ने भएको छ। बैठक फागुन १८ देखि २१ सम्म लगातार बैठक चल्ने जनाइएको छ। यस संसद अवरोध लगायतका विषयमा सभामुख देवराज घिमिरेले शनिबार दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्ने अडान कायमै राखेको छ। बैठक बस्नुअघि बिहान सवा १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ।