युवतीको शव फेला ललितपुरको महालक्ष्मीस्थानमा

२०८० चैत्र १५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवतीको शव फेला ललितपुरको महालक्ष्मीस्थानमा

 

 

ललितपुरको महालक्ष्मीस्थानमा युवतीको शव भेटिएको छ ।

पाँचथरको फाल्गुनन्द नगरपालिका–३  घर भएकी अन्जु लिम्बुको शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) नरेशराज सुवेदीले बताए ।

३४ वर्षीया अन्जु आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी हुन् । डेरामा सुतिरहेको अवस्थामा मृत भेटिएकी अन्जु एकान्तकुना स्थित रामेछाप भोजनालयमा काम गर्दै आएकी थिइन् ।

डेरामा मदिराको बोतल पनि फेला परेको छ । उनी शुक्रबारदेखि काममा गएकी थिइनन् । केहीदिन अघि नै मृत्यु भएको जस्तो देखिएको एसपी सुवेदीले बताए । उनले भने,‘घटनाबारे अनुसन्धान सुरु गरेका छौँ ।’ अन्जुको शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय