आजदेखि कमल थापा जिल्ला दौडाहामा

२०८० चैत्र १५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आजदेखि कमल थापा जिल्ला दौडाहामा

 

 

जिल्ला दौडाहामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा  निस्किने भएका छन्।

मकवानपुरको हेटौँडादेखि बर्दियाको गुलरियासम्म आयोजना हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन थापा बिहीबार त्यसतर्फ जान लागेका हुन्।

चैत १६ गते हेटौँडामा, १७ गते चितवन र नवलपुरमा, १८ गते परासी र रूपन्देहीमा, १९ गते कपिलवस्तुमा र २० गते बाँके र बर्दियामा उनले प्रशिक्षण दिने तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

अध्यक्ष थापाले मुलुकको वर्तमान अवस्था, पार्टीको भावी कार्यक्रम र कार्यदिशा, सङ्गठन सुदृढीकरण र आन्दोलनको तयारीबारे प्रशिक्षण दिनेछन्।

उनको टोलीमा महामन्त्री बर्तौला, सहायक महामन्त्रीद्वय रामसुन्दर बिष्ट र डम्बर प्रसाद शिवाकोटी, केन्द्रीय सदस्य पुरु दाहाल, मध्यमाञ्चल क्षेत्र  समन्वय समितिका अध्यक्ष माधव खत्री र जनवर्गीय सङ्गठनका अध्यक्ष सहभागी रहने पार्टी सचिवालयले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय