आज प्रतिनिधिसभामा देउवा, ओली र प्रचण्डको सम्बोधन

२०८० फाल्गुन २४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आज प्रतिनिधिसभामा देउवा, ओली र प्रचण्डको सम्बोधन

 

 

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नेछन्।

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ।  आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने जनाइएको छ।

नेपाली कांग्रेस सत्ताबाट प्रतिपक्षमा पुगेको छ। उसले बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको छ। आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निर्णय गर्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

सत्ता समीकरण फेरिएपछि संघीय संसदको पहिलो बैठक बस्न लागेको हो। बैठकमा सभामुख देवराज घिमिरेले मन्त्रिपरिषद हेरफेरको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।

यस्तै एमाले अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए। प्रधानमन्त्रीको सचिवालयले पनि आज प्रधानमन्त्रीले संसदमा बोल्ने जानकारी दियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय