काठमाडौं :शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ।
प्रवक्ता मोहन श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति तय गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको बताए।
पार्टीले घोषणा गरेको आन्दोलनको तयारीबारे पनि बैठकमा छलफल हुनेछ।

