बैठक बस्दै ६ वटा संसदीय समितिको
आइतबार एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ।
बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ।
सिंहदरबारमा बस्ने बैठकमा भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका समस्या सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजे बस्दैछ।
बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ।
बिहान ११ बजे नै बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा समितिको कामकारबाहीको समीक्षा हुने संसद् सचिवालयले जानकारी दिएको छ।
यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ।
त्यस्तै बिहान साढे ११ बजे नै बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफल हुनेछ|
बैठकमा फलामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र विलेट्सबीच भन्सार महशुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिको मिति २०७९ असार ६ गतेको निर्णय कार्यान्वयन सम्बन्धमा थप छलफल हुनेछ।
त्यस्तै, ६ वर्ष कार्यकाल पूरा गरी जानुहुने सदस्यहरूको बिदाइ गर्ने कार्यक्रम रहेको छ ।