प्रधानमन्त्रीले गरे भरतपुर पुगेरआँखा अस्पतालको भवन उद्घाटन

२०८० फाल्गुन १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रधानमन्त्रीले गरे भरतपुर पुगेरआँखा अस्पतालको भवन उद्घाटन

 

 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  भरतपुर पुगेरआँखा अस्पतालको भवन उद्घाटन गरेका छन्।

भरतपुर भ्रमण वर्ष आरम्भ गर्न चितवन आएका वेला प्रधानमन्त्रीले शुक्रबार बिहान आँखा अस्पतालको साढे तीन तलाको सुविधा सम्पन्न भवन उद्घाटन गरेका हुन्।

भरतपुर महानगरपालिका-११ बाइपास रोडमा भरतपुर अस्पतालको जग्गामा १३ करोड ५० लाख रुपैयाँ लागतमा अस्पतल भवन निर्माण गरिएको हो ।

यस क्रममा उनले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’को रूपमा विकास हुँदै गएको बताए।प्रधानमन्त्रीले आँखा असपताल भरतपुरका लागि मात्र नभएर स्वदेश तथा विदेशका सेवाग्राहीको उपचारको केन्द्रका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय