चार संसदीय समितिका बैठक बस्ने आज

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतका चार संसदीय समितिका बैठक बस्दैछन् ।
सिंहदरबारस्थित समितिको सचिवालयमा जारी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा फलामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पञ्ज आइरन र बिलेट्सबीच भन्सार महसुल एवं अन्त:शुल्कका विषयमा सरोकारवाला निकायसँग छलफल गर्न लागिएको समिति सचिवालयले जनाएको छ।
आजै बिहान ११ बजे प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ। बैठकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागको कामकारवाहीबारे छलफल हुने बताइएको छ।
यस्तै बिहान साढे ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्दैछ। बैठकमा निर्वाचन क्षेत्र जोड्ने रणनैतिक सडकका सन्दर्भमा छलफल हुने समिति सचिवालयले जानकारी दिएको छ।
दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ। समिति बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची छ।
