७० लाखको कपडासहित वीरगञ्जमा ट्रक प्रहरीको नियन्त्रणमा

२०८० फाल्गुन १४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

७० लाखको कपडासहित वीरगञ्जमा ट्रक प्रहरीको नियन्त्रणमा

 

काठमाडौं :  सशस्त्र प्रहरीले ​वीरगञ्जबाट ​७० लाख रूपैयाँ बराबरको लत्ताकपडा बोकेको ट्रक नियन्त्रणमा लिएको छ।​

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको ट्रकमा लोडगरी ल्याउँदै गरेको लत्ताकपडाको बिलविजक शंकास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले शनिबार राति नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। ​

ट्रक र कपडा कारबाहीका लागि बारास्थित राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय