माघ महिनाको आय काठमाडौं महानगरपालिकाको गत वर्षभन्दा ७ करोडले बढ्यो

२०८० फाल्गुन १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

माघ महिनाको आय काठमाडौं महानगरपालिकाको गत वर्षभन्दा ७ करोडले बढ्यो

काठमाडौं महानगरपालिकाको माघ महिनाको आय गत वर्षभन्दा १३ प्रतिशत अर्थात् ७ करोड ११ लाख ९२ हजारले बढेको छ।

काठमाडौं महानगरपालिकाले माघ महिनामा विभिन्न शीर्षकबाट ६१ करोड ३५ लाख २८ हजार २९८ रुपैयाँ आम्दानी संकलन गरेको बताएको छ। गत वर्ष सोही अवधिमा  ५४ करोड २३ लाख ३६ हजार ९६ रुपैयाँ आम्दानी संकलन भएको महानगरपालिकाले जनाएको छ।

यस वर्ष माघ महिनामा सम्पत्ति करवापत् ४ करोड ३३ लाख ३५ हजार ९६५ रुपैयाँ संकलन भएको छ। घरबहाल करवापत् १८ करोड ५ लाख ५४ हजार २१४ रुपैयाँ संकलन भएको छ।

त्यस्तै, पर्यटन शुल्क ९७ लाख ९१ हजार रुपैयाँ संकलन भएको छ। नक्सा पास दस्तुरवापत् ५ करोड ५५ लाख ३६ हजार ८८० रुपैयाँ संकलन भएको छ। यसैगरी व्यवसाय दर्तावापत् ४ करोड ३८ लाख ४५ हजार ९४५ रुपैयाँ उठेको छ।

प्रशासनिक सेवा शुल्कवापत् २ करोड ४२ लाख २६ हजार ८५५ रुपैयाँ संकलन भएको छ। प्रशासनिक दण्ड, जरिवाना र जफतबाट १८ लाख ७२ हजार ६६६ रुपैयाँ संकलन भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय