सार्वजनिक,सेरेङको कविता तथा गीत संग्रह ‘कलाका अन्तर्मन’

२०८० फाल्गुन ८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सार्वजनिक,सेरेङको कविता तथा गीत संग्रह ‘कलाका अन्तर्मन’

 

 

कला सेरेङको कविता तथा गीत संग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले शनिबार काठमाडौंमा आयोजित समारोहमा उक्त कृति सार्वजनिक गरेका हुन्। सेरेङको यो पहिलो कृति हो।

पुस्तकमा ११५ शीर्षकका गीत तथा कविता रहेका छन्। परदेशमा रहँदा घरदेशको सम्झनालाई विषयवस्तु केन्द्रित रहेका छन्। पुस्तकमा मातृभूमि नेपालको वनपाखा, गाउँघर, सर्वोच्च शिखर सगरमाथा, बाबुआमा, पुर्खाले सिंचेको मातृभूमिप्रति माया, मायाप्रितीका शब्द उनिएका छन्।

कार्यक्रममा कला सेरेङले आफ्नो अनुभव र भोगाइलाई कविता तथा गीतमार्फत पस्कन खोजेको बताइन्।

‘मैले नेपाली साहित्यको इतिहास पढेर, सिद्धान्त घोकेर कुनै रचना रचेको छैन। हामी डायस्पोरामा रहेर मातृभूमि र नेपाली भाषाको श्रीवृद्धि गर्ने चाहनाले भावनाको सँगालो प्रकाशनमा ल्याएको हुँ,’ उनले भनिन्।

कुलपति भुपाल राईले कवि कला सेरेङको कविताबाट उर्जा मिल्ने बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय