२० वर्षीय युवक पक्राउ, ४५ वर्षीयालाई जबरजस्ती करणी गर्ने

२०८० माघ २६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२० वर्षीय युवक पक्राउ, ४५ वर्षीयालाई जबरजस्ती करणी गर्ने

 

 

 

काठमाडौं : प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा हुम्ला र भोजपुरबाट दुईजनालाई पक्राउ गरेको छ। हुम्लामा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अदानचुली गाउँपालिका-३ गोरपाली बस्ने २० वर्षीय हर्क बुमीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

बुमीले ती महिलालाई सोही गाउँपालिका-४ स्थित रिल्मा बनमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गल्फगाडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

त्यस्तै, भोजपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका-१२ टक्सार बस्ने ३३ वर्षीय बल बहादुर श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

श्रेष्ठले ती बालिकालाई मंसिर ९ गते सोही ठाउँस्थित सल्लाघारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। दुवै घटनामा संलग्नमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय