ल्होछारमा तीन दिन बिदा, काभ्रेको खानीखोला गाउँपालिकामा

२०८० माघ २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ल्होछारमा तीन दिन बिदा, काभ्रेको खानीखोला गाउँपालिकामा

 

 

काभ्रे : खानीखोला गाउँपालिकाले सोनाम ल्होछारमा तीन दिन बिदा दिने भएको छ। गाउँपालिकाले सूचना जारी गरी तामाङ समुदायको धार्मिक तथा साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने जनाएको हो।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले  बुधबार बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार मञ्जुश्री संवत् २८६० को अवसरमा माघ २६, २७ र २८ गते सार्वजनिक बिदा दिएको बताए ।

ती तीन दिन गाउँपालिका भित्रका सार्वजनिक कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्था बन्द रहने सूचनामा उल्लेख छ।

अध्यक्ष थिङका अनुसार  ल्होछारको अवसर पारेर  गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल तामाङ घेदुङ खानीखोलाको आयोजनामा ताम्बा तथा डम्फु प्रतियोगितासहित बृहत ल्होछार साँस्कृतिक कार्यक्रम गरिनेछ।

गाउँपालिकामा तामाङ समुदायको बाहुल्य छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय