एमाले :सरकार सत्ता टिकाउनतिर मात्रै लाग्दा स्वाधीनता कमजोर बन्‍यो

२०८० माघ २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एमाले :सरकार सत्ता टिकाउनतिर मात्रै लाग्दा स्वाधीनता कमजोर बन्‍यो

काठमाडौैं : बुधबारको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै एमाले प्रमुख सचेतक पदम गिरीले देशभरका जनता निराश रहेकाले जनतामा आशा जगाउने गरी आफूहरूले संसद्‌मा भूमिका खेल्ने स्पष्ट पारेका हुन्।  नेकपा एमालेले संघीय संसद्को हिउँदे अधिवेशनमा जनताको मुद्दा, विकास समृद्धि, सुशासन र स्वाधीनताको पक्षमा खरो रूपमा उत्रिने भएको छ।

‘देशमा विकास निर्माणका काम ठप्प छन्। समृद्धिको मुद्दा ओझेलमा परेका छन्। जसकारण जनतामा चरम निराशा देखिएको छ’, उनले भने, ‘अब यी विषय प्रमुख प्रतिपक्षीको हैसियतले एमालेको प्राथमिकताको मुद्दा बन्नेछन्।’

मुलुकमा एकपछि अर्को भ्रष्टाचारको काण्ड आइरहे पनि सरकारले कुनै पनि भ्रष्टाचारीलाई साँच्चिकै कारबाहीको दायरमा ल्याउने चेष्टा नगरेको प्रमुख सचेक गिरीले टिप्पणी गरे। ‘मुलुकमा एकपछि अर्को भ्रष्टाचारको काण्ड आइरहेका छन्। तर सकारले कुनै पनि भ्रष्टाचारीलाई साँच्चिकै काबाहीको दायरामा ल्याउने चेष्टा गरेको छैन’, उनले भने।

प्रमुख सचेक गिरीले सत्तामा टिक्न जस्तोसुकै सम्झौता गर्न सरकार तयार हुँदै राष्ट्रिय स्वाधीनता कमजोर बन्दै गएको पनि बताए। ‘राष्ट्रिय स्वाधिनता कमजोर अवस्थामा पुर्याउने काम भएको छ। सकारले सत्तामा रहन जस्तोसुकै सम्झौता गरेर स्वाधीनता कमजोर बनाउने काम गरेको छ। यो विषयमा अब हामीले गम्भीरतमाका साथ उठाउँछौं’, उनले भने। देशका जनता कसैमा पनि आशावादी नरहेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय