सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीले बाँदर नियन्त्रण गर्न भन्दै निकाल्यो रूख काट्ने सूचना

२०८० माघ २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीले बाँदर नियन्त्रण गर्न भन्दै निकाल्यो रूख काट्ने सूचना

बाँदरले बालीनाली खाएको भन्दै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले निजी जग्गाका रूख काट्न सूचना निकालेको छ।

फागुन महिनाभरि रूख काट्न भन्दै वडाध्यक्ष शिव कार्कीले सूचना निकालेका छन्।

‘हामीले अघिल्लो साल पनि बजेट राखेर झाडी फाँड्ने अभियान चलाएका थियौं,’ कार्कीले सेतोपाटीसँग भने, ‘अहिले पनि सुधार गरौँ भनेर हो।’

उनले गाउँमा बाँदरको आतंक बढेको बताए। बालीनाली बाँदरले खाइदिएपछि मानिसहरूले बस्ती नै छाडेर हिँड्न थाले। मानव जोगाउनकै लागि निजी जग्गाका रूख काट्न भनिएको उनले बताए।

‘बस्तीहरू सबै सरेर तल आइसकेको अवस्था छ। बस्ती सरेपछि झन् वन बढ्छ। अर्कातिर निजी वन बढेर जग्गामा आयस्ता पनि हुन छाड्यो, ओगको कारणले,’ उनले भने।

उनले वन फडानी गर्ने नभइ काँटछाँट गर्न लागिएको बताए।

गत माघ १५ गते पोखरा महानगरपालिका वडा नम्बर १९ ले पनि बाँदर नियन्त्रण गर्न भन्दै ‘मेरो रूख मै काट्छु’ अभियान चलाउन खोजेको थियो।

तर रूख काटेर बाँदरको समस्या हल नहुने टिप्पणी र आलोचना पछि मेयरले नै रूख नकाट्न निर्देशन दिएका थिए।

रूख काटेर बाँदलले बाली नास्न नछाड्ने विज्ञहरूले बताउँदै आएका छन्।

उनीहरूले जंगलमा फलफूलका विरूवा लगाएर केही हदसम्म बाँदरलाई बस्तीमा पस्नबाट रोक्न सकिने बताएका छन्।

421969401_10225180615245253_6809233103617911847_n-1707283838.jpg

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय