आज अरुण चौधरीविरुद्ध मुद्दा दर्ताको तयारी

२०८० माघ २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आज अरुण चौधरीविरुद्ध मुद्दा दर्ताको तयारी

 

 

काठमाडौं : बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले दिएको म्याद बुधबार सकिँदैछ।

अदालतले दुई दिनभित्र अनुसन्धान गर्न नसके जमानीमा छोड्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको थियो। अदालतको आदेश र कानूनबमोजिम आज मुद्दा दर्ताको तयारी गरिएको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। अदालतले अनुसन्धानका लागि समय नै तोकिदिएको र दुई दिनमै अनुसन्धान सक्न सम्भव नहुने भन्दै सीआईबी अन्योलमा परेको थियो।

सीआईबीले चौधरीको बयान सकिए पनि अनुसन्धानका थुप्रै काम बाँकी रहेको जनाएको छ। यद्यपि आज मुद्दा लैजाने तयारी सीआईबीले गरेको हो। अदालतले पक्राउ परेका आरोपित प्रतिवादी अजितनारायण सिंह थापाको उमेर ८० वर्ष माथिको रहेको, अन्य दुई प्रतिवादी जसले हजारौँ नागरिकलाई रोजगारी दिए अस्वस्थ रहेकोे लगायतका कारणलाई आधारण बनाई उनीहरूलाई हिरासतमा राख्न अब म्याद नदिने आधार बनाएको छ।

व्यवसायी चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो। उनीहरूलाई शुरुमा चार दिनको म्याद दिइएको थियो। म्याद सकिएपछि प्रहरीले सोमबार म्याद थपका लागि अदालतमा लगेको थियो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय