सिँचाइ आयोजनाको नयाँ भवन दाङमा ४ करोडमा बन्यो

२०८० माघ १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिँचाइ आयोजनाको नयाँ भवन दाङमा ४ करोडमा बन्यो

 

 

 

दाङमा ४ करोड रुपैयाँमा सिँचाइ आयोजनाको नयाँ भवन बनेको छ।

बृहत् दाङ उपत्यका सिँचाइ आयोजना तुलसीपुर दाङको आफ्नै सुविधा सम्पन्न कार्यालय भवन निर्माण कार्य पूरा भएको हो। यद्यपि हस्तान्तरण हुन भने बाँकी छ।

२०७९ असारमा निर्माण कार्य सुरू गरेको निर्माण कम्पनी कामाख्य कन्स्ट्रक्सन काठमाडौंले समयभन्दा अघि नै काम सकेको हो। उसले चार करोडमा ठेक्का लिएको थियो। तुलसीपुर उपमहमानगरपालिका– १२ रझेना र हरिपौराको सीमानामा पर्ने झन्डै १५ कठ्ठा क्षेत्रफलमा चार तले आधुनिक भवन बनेको हो।

पछिल्लो समय नयाँ ट्रान्सफर्मर स्थापनादेखि विद्युत् लाइन विस्तारको काम हाल धमाधम भइरहेको हुँदा फागुन महिनाको अन्तिमसम्म कार्यालय सार्ने गरी काम भइरहेको कार्यालय प्रमुख विराट ज्ञवालीले जानकारी दिए।

अहिले तुलसीपुर उपमहानगरपालिका–६ स्थित एक घरमा मासिक ५० हजार रुपैयाँ भाडा कार्यालयले तिर्दै आएको छ।

यो जग्गा कार्यालयले सित्तैमा पाएको हो। २५ बिगाहाभन्दा बढी (हदबन्दीभन्दा बढी) भएपछि हरिपौरी निवासी शारदा शर्माले झन्डै ५० वर्षअगाडि ३० कठ्ठा जग्गा छोडेकी थिइन्। ३० कठ्ठा जग्गामध्ये मोही उदयबहादुर भण्डारीले २०६१ सालमा आधा जग्गा आफ्नो नाममा लिइसकेका थिए।  बाँकी निकास विनाको बेवारिसे करिब १५ कठ्ठा जग्गा पनि उनैले प्रयोग गर्दै आइरहेका थिए। यसबारे बुझेका  स्थानीयबासी तथा बृहतकै कर्मचारी शान्तराज गौतमले पहल गरी डेढ करोड बढी मूल्यको १५ कठ्ठा जग्गा दाङ उपत्यका सिँचाइ आयोजनाको नाममा ल्याउन सफल भएका थिए।

त्यसपछि २०७८ सालमा तुलसीपुर–१० गोलौराका गोविन्दबहादुर शाहले आफ्नो निजी जग्गामा बाटो निकासका लागि ९७ मिटर चौडाइ,  १२६ मिटर  लम्बाइ भएको २ कठ्ठा १२ धुर जग्गा नि:शुल्क उपलब्ध गराएपछि भवन बनाउन बाटो खुलेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय