जलविद्युत् आयोजना सम्पन्न म्याग्दीमा ७१ मेगावाटको ‘क्यासकेड’

२०८० माघ १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

जलविद्युत् आयोजना सम्पन्न म्याग्दीमा ७१ मेगावाटको ‘क्यासकेड’

म्याग्दी : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएकोमध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो ।

आयोजनाको प्रवद्र्धक कम्पनी नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रतिनिधि उपेन्द्रराज गौतमले आजदेखि टनेलमा पानी हालेर परीक्षण गरिने जानकारी दिए। बाँध, सुरुङ, विद्युतगृह, प्रसारण लाइन, स्विचार्ड निर्माण सकेपछि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर प्रतिनिधिको रोहवरमा परीक्षणको तयारी गरिएको हो।

छोटेपादेखि दोभिल्नामा रहेको विद्युतगृहसम्म चार हजार २७५ मिटर लामो सुरुङ निर्माण भएको छ। नीलिगिरि पहिलोको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ। दुईवटै आयोजनाको विद्युतगृह परिसरमा स्विचार्ड बनाइएको छ। १३ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना रन अफ रिभर प्रकृतिका हुन्। छोटेपा–दोबिल्ना हुँदै दाना सब स्टेसन जोड्ने ७.४ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय