![](https://gojimediahouse.com/wp-content/uploads/2024/01/istockphoto-1269125708-612x612-1.jpg)
कैलालीमा करेन्ट लागेर एकको मृत्यु
![](https://gojimediahouse.com/wp-content/uploads/2024/01/istockphoto-1269125708-612x612-1-300x182.jpg)
an Indian or Asian person laying dead with outstretched hand during COVID-19 or corona virus outbreak
करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ।
घोडाघोडी नगरपालिका वडा नम्बर १० तुल्सीपुर सामुदायिक वनमा पहलमानपुरका ४० वर्षीय धनबहादुर शाहको बुधवार मृत्यु भएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कुलदीप चन्दका अनुसार करेन्ट लागेर गम्भिर घाइते भएका शाहको उपचारका लागि घोडाघोडी अस्पताल सुखडमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
यस्तै कैलालीमै करेन्ट लागेर अर्का एक जना घाइते भएका छन्। मोहन्याल गाउँपालिका वडा नम्बर ३ की ३६ वर्षीया दुर्गा खत्री घाइते भएको प्रहरीले जनाएको छ।
खत्रीको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। घटनाको कारण भने खुल्न नसकेको र यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।