अध्यक्षमा सुमन श्रेष्ठ विजयी चितवन उद्योग वाणिज्य संघको

२०८० पुष २४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अध्यक्षमा सुमन श्रेष्ठ विजयी चितवन उद्योग वाणिज्य संघको

 

 

 

 

काठमाडौं : उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन्।

 

 

हिजो सम्पन्न निर्वाचनको आज सार्वजनिक मत परिणाम अनुसार श्रेष्ठले एक हजार ५१५ मत प्राप्त गरे।  श्रेष्ठका प्रतिस्पर्धी सिरिस पन्तले ८४३ मत मात्रै ल्याए।

संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानलका अधिकांश उम्मेदवार निर्वाचित भएका छन्। पन्त भने एक्लै निर्वाचनमा होमिएका थिए।  वरिष्ठ उपाध्यक्षमा चिरञ्जिवी सुवेदी निर्वाचित भए।

उपाध्यक्षमा उद्योगतर्फ अशोक अधिकारी, वाणिज्यतर्फ राजेन्द्र ओली र वस्तुगततर्फ नारायण प्रधान विजयी भए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय