हातपात गरेको आरोपमा पक्राउ ड्युटीमा खटिएका प्रहरीमाथि

२०८० पुष २३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हातपात गरेको आरोपमा पक्राउ ड्युटीमा खटिएका प्रहरीमाथि

काठमाडौं : ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने २६ वर्षीय अनमोल राम छन्

थानकोट बसपार्कस्थित ड्युटीमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा  रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुंगाबाट आउँदै गरेको बा५७प ५९४६ नम्बरको स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेको र त्यसलगत्तै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसक्रममा प्रहरीको हेड सेटमा समेत क्षति भएको प्रहरीको भनाइ छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय