रवि ओली भेट्न बालकोट पुगे

२०८० पुष २०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

रवि ओली भेट्न बालकोट पुगे

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ

ओलीलाई भेट्न रवि लामिछाने ओली निवास बालकोट पुगेका थिए। दुई नेताबीच भेट भए पनि कुराकानीको विषय भने थाहा नभएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।

रास्वपासँग राष्ट्रियसभा निर्वाचनका मतदाता नै नभएकाले दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितबारे कुराकानी भएको हुनसक्ने एमालेका एक नेताले बताए।

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छान्न एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बस्दैछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय