भारतका विदेशमन्त्री जयशंकर पशुपतिनाथ मन्दिरमा

२०८० पुष २०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भारतका विदेशमन्त्री जयशंकर पशुपतिनाथ मन्दिरमा

 

 

 

 

भारतका विदेशमन्त्री एस जयशंकर पशुपतिनाथ मन्दिर पुगेका छन्।

बिहीबार दुई दिने भ्रमणका लागि नेपाल आएका जयशंकरले आज बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका हुन्।

उनले पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरूवा पनि रोपेका छन्।

जयशंकरले भ्रमणका क्रममा बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका प्रमुखरहरूसँग भेटवार्ता गरेका थिए।

यसै क्रममा नेपाल र भारतबीच विभिन्न सम्झौतामा हस्ताक्षर पनि बिहीबार नै भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय